Hamro Sanchar

कलैयामा परिचय खुल्न नसकेको शव भेटियो, प्रहरीले गर्यो यस्तो अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२८ गते

आज एका बिहानै एक पहिचान खुल्न नसकेको शव फेला परेको छ ।बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया–विरगञ्ज सडक खण्डमा एक जना मृत भेटिएका छन् ।

अहिलेसम्म ति व्यक्तिको परिचय खुल्न नसकेको भन्दै प्रहरीले सम्पर्क नम्बरसहित उक्त तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यी व्यक्तिको हालसम्म नामथर ,वतन खुल्न सकेको छैन् ।

प्रहरीले अनुरोध गरेको छ कि निजलाई चिन्नु हुने माहनुभावहरूले प्रहरी कार्यालयको सम्पर्क नं. ९८५५०४५१०१, ९८५५०४८१०१, १०० वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्