Hamro Sanchar

महोत्तरीमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२८ गते

महोत्तरीमा जंगली बँदेलको आक्रमणबाट ९ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका-९ पशुपतिनगरमा जंगली बँदेलले आक्रमण ९ जना घाइते भएका हुन्, जसमध्ये ४ जनाको अवस्था गम्भीर छन् ।

गम्भीर घाइते हुनेहरुमा बर्दिबास नगरपालिका-९ पशुपतिनगरका ३० वर्षीय घुरनीदेवी महतो, कालाबत्ति देवी महतो, १९ वर्षीय सुवास आले र श्रवण महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गम्भीर घाइते घुरनीदेवी महतोलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा थप उपचारका लागि धरान रेफर गरेको घाइतेका आफन्तले बताएका छन् । सामान्य घाइतेहरुको भने बर्दिवासस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पशुपतिनगरमा खेतीबालीमा नोक्सान र्पुयाएपछि धपाउने क्रममा उनीहरुललाई बँदेलले आक्रमण गरेको स्थानीयको भनाइ छ । केही व्यक्तिलाई भने बँदेलले घरमै आक्रमणमा परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दियो । बँदेलले आक्रमण गर्न थालेपछि पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेसले कुनै सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयहरुले बेसमा ढुङ्गामुढासमेत गरेका छन् । ढुङ्गा लागेर सहायक हवल्दार अनिल झा घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारको लागि पहल गर्ने र बदेल नियन्त्रणको लागि समेत बिशेष उपाय अबलम्बन गर्ने बर्दिबास नगरपालकाका मेयर बिदुरकुमार कार्कीले बताए ।

जंगलमा लागेको डढेलो र आहाराको खोजीमा जंगली जनावर बदेल, निलगाई, हरिणहरु बस्ती पस्न थालेका छन् ।जंगली बदेलको कारण बर्षेनी यस क्षेत्रको बालीनालीमा ठूलो नोक्शानी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्