Hamro Sanchar

सुत्केरी श्रीमतीको घाँटी रेटेर युवकले गरे विभत्स हत्या

प्रकाशित : २०७५/१२/२८ गते

भोजपुर, चैत २८- भोजपुर पौवादुङमा गाउँपालिका वडा नम्बर ४ का रमेश पौडेलले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका छन् ।
उनले सुत्केरी अवस्थामै रहेकी १९ बर्षीया श्रीमती जानुकाको हत्या गरका हुन् ।

केही बर्षअघि मात्रै बिवाह गरेका उनीहरुको ४५ दिन अघी छोरा जन्मीएको थियो । घरायसी विवादका कारण रमेशले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यद्यपी हत्याको कारण स्पष्ट नखुलेकाले घटनाबारे थप अनुसन्थान भईरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

श्रीमान रमेशलाई प्रहरी नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार लिम्बुले बताए ।

प्रतिकृया दिनुहोस्