Hamro Sanchar

पूर्व राजाको सुरक्षामा खटिएको गाडिको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

उत्तम पोख्रेल प्रकाशित : २०७५/१२/२८ गते

मेारङ, चैत २८- गएराति मोटरसाइकललाई ठक्कर दिने गाडि पूर्व राजाको सुरक्षामा खटिएको गाडि भएको पुष्टि भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधबार राति विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका नयाँ पत्रीकामा खबर छ ।

बा३च ७९६२ नम्बरको कारले को१५प ९९७९ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा ४ बुधबारेमा ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक ईटहरी उप–महानगरपालिका ८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाइकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते हेमको उपचारको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । प्रकाश चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारी प्रमुख रामकुमार राईले अहिलेसम्म पूर्व राजाको सुरक्षामा खटिएको गाडि भन्ने पुष्टि नभएको बताएका छन् भने मोरङ प्रहरी प्रमुखले एसपि मनोज केसिले समेत पत्रकारले भन्दा मात्रै थाहा पाएको बताए । यद्यपी जिल्ला प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले भने गाडि पूर्व राजाको सुरक्षामा नै खटिएको बताए ।

प्रतिकृया दिनुहोस्