Hamro Sanchar

प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसियाले गर्‍यो हावाहुरी पीडितलाई आर्थिक सहयोग

तिलोचन गौतम प्रकाशित : २०७५/१२/२७ गते

क्वालालम्पुर । प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया पोट्केलाङले गत चैत्र १७ गते बारा ,पर्सा र रौतहटमा बिनास्कारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

भै-परिआएका प्राकृतिक बिपत्तिमा क्षतिग्रस्त भएका परिवारहरुलाइ केहि हदसम्म सहयोग पुगोस् भन्ने उदेश्यले इन्द्रेणी सास्कृतिक बिकास केन्द्र मार्फत २५००० (पच्चीस हजार नेपाली रुपैयाँ रुपैया) सहयोग गरेको प्रबासी नेपालिहातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की ढोलीले जानकारी दिए।

अध्यक्ष कार्कि लगाएत उपाध्यक्ष लक्ष्मण खड्का, सचिब सिब बिक, साचिब तुलबहादुर गुरुङ, कोसाध्यक्ष दिपक कुवर क्षत्री, सहकोसाध्यक्ष बिजय लामा सदस्यहरु बिक्रम थापा, रबि उप्रेती, पदम बहादुर बुडा, सुरेन्द्र कुमार श्रेष्ठ, पासाङ शेर्पा, कालू गुरुङ, राम हरि पुरी, सम्भु श्रेष्ठ, राजेश मगर, दिनेस मैनाली, राम बहादुर राई सल्लाहकारहरु प्रेम श्रेठ, पदम बहादुर रुङ्बा, टेक बहादुर बुडा, सुभद्रा रावल, बिर्स रानामगर, निर्मल श्रेष्ठ, गणेश भण्डारी, याम चेम्जोन लिम्बु, प्रेमा छिरिङ शेर्पा, पेम छन्त्याल, गणेश ज्ञावलि लगाएतको सक्रियतामा आकास्मिक बैठक बसि सहयोग गर्ने निधो भएलगत्तै सहयोग रकम प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्