Hamro Sanchar

एनआरएन एनसीसीको समन्वयमा हावाहुरी पिडितलाई सहयोग

दिल कुमार श्रेष्ठ प्रकाशित : २०७५/१२/२७ गते

 

  दोहा। एनआरएन एनसीसी कतारले  गत चैत्र १७ गते नेपालको बारा र पर्सामा  आएको विनासकारी हावाहुरीमा परि मृत्युहुनेहरु र घाइतेका परिवारहरुलाई राहत स्वरूप कतारी रियाल १२,४९९/- (कतारी रियाल बाह्र हजार चार सय उनान्सय) (नेपाली ३ लाख ८० हजार ९५ रुपैंया ) पठाएको  छ l संकलित रकम  रकम  अप्रील ९ तारिकका दिन नै गैर आवासीय नेपाली संघको काठमाडौं स्थित सानिमा बैकमा रहेको एनआरएनए रिलिफ फन्ड एकाउन्टमा जम्मा गरिसकेको संघका महासचिव वुधबल गुरुङ जानकारी दिएका छन्।

 

हावा हुरीको कारणले भएको धन जनको क्षतिले हामी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु मर्माहित   बनाएको छ  । दैविक प्रकोपको विपतको घडीमा संघले  बिज्ञप्ति मार्फत गहिरो दुख व्यक्त गर्दै कतारमा स्थापित संघसस्थाहरु लगाएत  देश बिदेशमा रहेका सबैलाई सहयोगका लागी अपिल गरेको थियो।  राहतका लागी पठाएको  रकम कतारमा स्थापित संघसस्थाहरु तथा सहयोगी व्यक्तित्वहरुबाट संकलन गरेको हो।

उक्त घटनामा मृत्यु भएका तथा घाइते भएकाको परिवारजनहरुमा केही राहत प्रदान गर्ने उद्धेश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा गरिएको राहत संकलनमा यहााहरु सम्पूर्णले देखाउनु भएको ऐक्यवद्दता र सहयोग प्रति यो संघ हार्दिक कृतज्ञता ब्यक्त  गरेको छ।  साथै  यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थालाई संघले  हार्दिक धन्यबाद ब्यक्त गरेको छ  ।  यस राहत संकलनमा सहयोग गर्नुहुने ब्यक्ति तथा संस्थाहरुको विवरण यसै साथ संलग्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्