Hamro Sanchar

जिफन्ट कुवेतले मे ३ मा विभिन्न कार्यक्रमसहित ‘मजदुर दिवस’ मनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२६ गते

कुवेत । नेपाल टेण्ड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशीक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीख ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ ।

जिफन्ट कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसगै मजदुर दिवस मनाउने अध्यक्ष गणेश रावतले हाम्रो संचारलाई जानकारी दिए ।

कार्यक्रममा Kuwait trade union, solidarity centre, Sandighan society human rights, migrants forum for Asia को प्रतक्ष्य सहभागिता हुने अध्यक्ष रावतले बताए ।

मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा कुवेतमा श्रम गरेर बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई उपस्थित भएर श्रम सम्बन्धि धैरे कुराहरु बुझ्न र मनोरन्जन लिन आयोजकले निमन्त्रणा र अनुरोध गरेको छ ।

आयोजकले उक्त दिन कुनैपनि कार्यक्रम नराखिदिन कुवेतमा क्रियाशील नेपाली संघसंस्थालाई अनुरोध गर्दै कार्यक्रममा उपस्थितिको लागि सबै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।

कार्यक्रम दिनको १२ बजे देखी सुरू हुनेछ ।

१७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुदै आएको छ।

“जहाँ श्रमिक, त्यहाँ जिफन्ट” भन्ने मुल नारा लिएर २०१६ मे २१ का दिन कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै बिदेश बिभाग मातहतमा रहेको प्रवासी डेस्क अन्तर्गत रहि जिफन्ट सपोर्ट ग्रुप कुवेत (GEFONT SUPPORT GROUP KUWAIT) स्थापना भएको थियो । हाल जिफन्ट सपोर्ट ग्रुप कुवेतले नाम परिवर्तन गरेर “नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेत” राखेको छ।

प्रतिकृया दिनुहोस्