Hamro Sanchar

एनआरएनए कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग

प्रकाशित : २०७५/१२/२५ गते

कुवेत, अप्रिल ८- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई एकाउन्न हजार रूपैया आर्थिक सहयोग गरेको छ ।

परिषदको गत बिहीबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराएकी छन । सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन, ओमानबाट एनआरएनएको खातामा संकलित सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताए ।

संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत बितरण गरिनेछ ।

प्रतिकृया दिनुहोस्