Hamro Sanchar

मलेसियामा बिदेशी कामदार बोकेको गाडी दुर्घटना, २ नेपाली सहित १० जनाको मृत्यु

अर्पण मगर प्रकाशित : २०७५/१२/२५ गते

क्वालालम्पुर मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय एरपोर्टमा काम गर्ने बिदेशी कामदार बोकेर एरपोर्ट तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। एर्पोट नजिकै सेपाअङमा आइतबार साँझ दुर्घटना हुदा २ नेपाली सहित १० जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।

नेपाली, बाङ्लादेशि र इन्डोनेशियन कामदार चढेको गाडी एर्पोट नजिकै सेपाअङमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारु को  मृत्यु भएको पुष्टि  छ । अन्य तीन जना ICU मा गम्भीर अबस्थामा उपचाररत रहेका छ्न।

प्रतिकृया दिनुहोस्