Hamro Sanchar

कृष्ण सुनारको ‘बेसारेको मन’ सार्वजनिक (भिडियोसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२२ गते

चैत २२- बिदेशी भुमिमा रहेर पनि लोक गीत संगीतलाई माया गर्ने सर्जक तथा गायक कृष्ण सुनारले “बेसारेको मन” म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गितको म्युजिक भिडियो परिनिर्वाण क्रियशन प्रा.ली. को युट्युबबाट सार्वजनिक भएको हो ।

गितमा कृष्ण सुनार र गायिका विमला गैरेको आवाज रहेको छ । उक्त गीतमा लय शब्द प्रेम कुमार गैरेको रहेको छ। “बेसारेको मन” गीतलाई निर्देशन भने अहिलेकि चर्चित निर्देशक स्मृती तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन् ।

कृष्ण सुनारको यो दोश्रो एल्बम हो ।

पहिलो एल्बम “जिबनको बाटो” म्युजिक भिडियोले अपार माया पाएको भन्दै आउँदा दिनमा पनि प्रवासबाटै दर्शक श्रोतालाई मिठा-मिठा गित संगीतको स्वाद चखाइ राख्ने सुनार बताउछन् ।

कृष्ण सुनारले कुवेतका विभिन्न स्टेज कार्यक्रममा भरपुर मनोरञ्जन दिने गर्दछन ।

सम्बन्धमा कसरी फाटो आउँछ ? के कस्ता शंका उपशंका जन्मिछन् आदि ईत्यादी विषयवस्तुमा आधारित भएर लय शब्दको माध्यमबाट थोरै वियोग र धेरै रोमान्टिक समेटिएको सर्जक प्रेम कुमार गैरेले बताए ।

थुप्रै गीतमा मोडलिङ र नृत्य निर्देशन गरेका मोडल राजकुमार दर्जी र नृत्यङगना प्रियंका नेपालीको अभिनय रहेको उक्त गीतमा छायांकन भने सुरेश श्रेष्ठको रहेको छ। यस गीतका संगित संयोजक दिवान किनार हुन भने मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

गीतले व्यबसायिक सफलता हासिल गर्ने उक्त टिम विस्वस्त छ ।

भिडियो हेर्नुहोस- 

प्रतिकृया दिनुहोस्