Hamro Sanchar

मेलुङ गाउँपालिका एकका वडाअध्यक्षमाथि लाग्यो गम्भीर आरोप, कांग्रेसले दियो यस्तो चेतावनी (ज्ञापनसहित)  

प्रकाशित : २०७५/१२/२२ गते

दोलखा, चैत २२- दोलखा मेलुङ गाउँपालिका पवटी-१ का वडाअध्यक्ष इश्वर कोइरालालाइ बिभिन्न गम्भीर आरोप लगाउदै कांग्रेसले यथाशिघ्र सच्याउन भनेको छ । नेपाली कांग्रेस मेलुङ गाउँपालिका पवटी-१ का सभापति शान्त बहादुर कार्कीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा वडाअध्यक्षलाई  चेतावनी समेत दिइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ- “निर्वाचन मितिदेखि हालसम्म भए गरेका वडा कार्यालयका गतिविधिहरु विगतका सर्वदलीय समितिबाट भएका विकास निर्माण भन्दा पनि निकम्म, अपारदर्शी तथा निरंकुस ढंगबाट भइरहेकाले सम्पूर्ण पवटीबासी जनतालाई आघात पुगेको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले तपशिलअनुसारको माग राख्दै ७ दिनभित्र माग पुरा गर्न यो ज्ञापनपत्र पेश गरिएको छ, अन्यथा पवटीबासी जनताको हक, हितका लागि जुनसुकै कदम चलन बाध्य हुनेछौ र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार वडा कार्यालय आफै हुनेछ ।‘’

यस्ता छन् मागहरु-


प्रतिकृया दिनुहोस्