Hamro Sanchar

एकै परिवारका आमा, छोरा र छोरीले गरे झुण्डिएर आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२२ गते

चितवन, चैत २२- चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा सलको पासो लगाई आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ ।

छोराछोरीलाई पहिले झुण्ड्याएर आमा आफू पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासी तथा प्रहरीले आशंका गरेका छन् ।उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेकाे छ ।

प्रतिकृया दिनुहोस्