Hamro Sanchar

नेपाल बाट भारतमा प्रति वर्ष ३ खर्ब ३४ अर्ब रेमिटेन्स जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२१ गते

नेपाल बाट खर्बौ रकम रेमिटेन्स को रुपमा भारत जाने गरेको तथ्यांक बाहिरिएको छ। रेमिटेन्स प्राप्त गर्ने हिसाब ले नेपाल भारत को लागि सातौ स्थानमा पर्ने गरेको देखिन्छ भने  नेपालमा रेमिटेन्स आउनेममध्ये भने भारत ३१ औं मुलुकमा पर्छ ।नेपालबाट प्रतिबर्ष ३ खर्ब ३४ अर्ब रेटिमेन्स भारत जाने गरेको छ।

बैदेशिक रोजगारी को हेतु ४० लाख भन्दा बढी नेपालीहरु बिश्वका अनेकन मुलुकहरु मा पुगेका छन नेपालीहरु खाडी मुलुकहरु, मलेसिया, कोरिया देखि बिकसित मुलुकहरु मा समेत पुगेको देखिन्छ। विदेशमा श्रम गर्न जानेहरु ले पठाउने रेमिटेन्स ले नेपालको समग्र अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको देखिन्छ पछिल्लो समय बाहिरिएको डाटा अनुसार नेपाल को कुल गार्हस्थ उत्पादनमा रेमिटेन्स को हिस्सा २८ प्रतिशत भन्दा बढी रहेको छ।

बैदेशिक रोजगारी को लागि लाखौ युवा शक्ति बाहिरिदा नेपालमा श्रम गर्ने को कमि हुँदा काठमाडौंका सडकमा हामीले एकदिनभरी कारोवार/व्यवहार गर्ने १० जनामध्ये आधा भारतीय नै हुन्छ । बिहानै तरकारी बेच्ने, दिउसो खालीसीसी किन्ने देखि बेलुका फलफुल बेच्नेसम्म भारतीय हुन्छन । जुत्ता सिउने, पानसुपारी बेच्नेदेखि कपाल काटने र कपाडा बेच्नेसम्म उनीहरु छन । स्कुलमा पढाउने देखि ठुला व्यापार गर्नेहरु मात्र हैन प्रविधीका क्षेत्रमा समेत हामी उनीहरुसगै निर्भर छौं । व्यापार घाटाको कुरा गर्दा हामी भारतलाइर्ए १ खर्बको सामान बेचिरहेर्छां भारतबाट ७ खर्बको सामान किनिरहेछों ।

प्रतिकृया दिनुहोस्