Hamro Sanchar

संकटको यस घडीमा सक्दो सहयोग गरौं : सभापति देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/१९ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावा हुरीबाट घाइते बनेकाहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

बारा र पर्सामा गएको विनाशकारी हावाहुरीमा परी घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन सभापति देउवा वीरगञ्जको नारायणी अस्पताल पुगेका हुन् ।

घाइते तथा  हावहरीबाट पीडित बनेकाहरुको अवस्था बझ्न पर्सा पुगेका देउवाले संकटको यस घडीमा  एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

उनले आँधीबाट प्रभावितको समस्या सम्बोधन नभएमा काङ्ग्रेसले संसद्लगायतका स्थानबाट आवाज उठाउने बताए । मंगलबार नै सभापति देउवाले हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको भलुही, भरवलीयालगायतका क्षति भएका गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

प्रतिकृया दिनुहोस्