Hamro Sanchar

साउदी राजाद्वारा जेलमा रहेका ५१ नेपालीहरुलाई क्षमादान

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/१९ गते

साउदी । साउदी अरबमा विभिन्न कसुरमा जेलमा रहेका ५१ जना नेपालीहरु साउदी राजाद्वारा उनीहरुको कैद, जरिवाना मिनाह गरि क्षमादान दिए पश्चात नेपाल फर्कन सफल भएका छन ।

बिगत केहि महिनाको अन्तरालमा ५१ जना नेपालीहरु स्वदेश फर्कन सफल भएका हुन् । साथमा बिगत एक बर्षदेखि रक्सि खाएको केशमा जेलमा रहेका २८ जना नेपालीहरु पनि स्वदेश फर्किएका थिए । ब्लडमनि र जरिवाना तिर्न नसकी जेलमा रहेका ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात स्वदेश फर्केको जनाईएको एनए मिडियामा खबर छ।

साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुतद्वारा आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमा प्रेषित गरिएको पोस्टमा जम्मा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमा नेपाल फर्किएको जनाइएको हो । राजदुत सिंहले क्षमादानको लागि साउदी नरेशमा हार्दिक कृतज्ञता समेत जनाएका छन । साथै साथ, सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद समेत दिएका छन।

यति महत्वपूर्ण खबर नेपाली दुताबासको आधिकारिक फेसबुक पेजमा आउन ढिला हुनुमा भने नेपाली समुदायले चासो पुर्बक हेरेको देखिन्छ।

एनए मिडियाले राजदुत प्रो.डा महेन्द्र सिंह राजपुतसंग सम्पर्क गरि साउदी राजाद्वारा दिईएको क्षमादानमा नेपाली राजदुताबासको भूमिका समन्धमा सोधखोज गरेको थियो। कुराकानीमा उनले साउदी अरबमा समस्यामा पर्ने नेपालीहरुको रिहाईको सन्दर्भमा दुताबासको निरन्तर प्रयास रहने गरेको जनाएका छन। कुराकानीकै क्रममा फरक प्रसङ्गमा सिंहले हाल साउदी अरबमा नेपाली महिला कामदारहरुको संगठित क्षेत्रमा भई रहेको बद्धोतरी र उनीहरुको पूर्ण सुरक्षाको लागी निकै गम्भीर रुपमा योजनाका साथ लागी परेको जनाएका छन । साथै महिला कामदारहरु समन्धमा समुचित सुचना जहिल्यै पनि स्वागत गरिने समेत जनाएका छन।

प्रतिकृया दिनुहोस्