Hamro Sanchar

कपिलवस्तुका एक १४ बर्षीय बालकले धार्मिक ग्रन्थ कुरान पुरै कण्ठ गरे

बासुदेव बर्मा प्रकाशित : २०७५/१२/१७ गते

कपिलवस्तुका एक १४ बर्षीय बालकले इस्लाम धर्मावलम्वीहरुको प्रवित्र धार्मिक ग्रन्थ कुरान पुरै कण्ठ गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटास्थित जमिया अहले सुन्नत मिसवाहुल उलुम मिस्किनिया मदरसामा अध्ययनरत १४ बर्षीय बालक मोहम्मद अख्तर रजाले पुरै कुरान कण्ठ गरेका हुन् । कुरान कण्ठ गरेका उनलाई हाफिज दर्जाबाट सम्मानित गरिने भएको छ । उनलाई आगामी बिहीबार हाफिजको दर्जा दिईनेछ ।

जमिया अहलेसुन्नत मिसवाहुल उलुम मिस्किनिया मदरसाबाट ‘हाफिज’ भएपछि अख्तर रजाले यसलाई उपलब्धीको रुपमा लिएका छन् । अख्तर रजाको घर कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लक्ष्मीनगरमा छ ।

इस्लाम धर्ममा कुरान कण्ठ गर्नु निकै महत्वपुर्ण मानिन्छ । इस्लाम धर्मको मुल ग्रन्थ कुरानमा ११४ अध्याय रहेको मुस्लिम अगुवा अनवार खानले बताए ।

मदरसामा रहेका १७ जना बालकमध्ये बाट सबैभन्दा कम उमेरमा अख्तर रजाले कुरानको ज्ञान हासिल गरेको धर्म गुरु तथा शिक्षक नसरुल्लाह कदारीले जानकारी दिएको इमेज खवर मा समाचार छ  ।

प्रतिकृया दिनुहोस्