Hamro Sanchar

कुवेतमा नेपाली युवाको चमत्कार : म्याराथनमा पहिलो र तेस्रो उपाधी हात पारे

चिरञ्जीवी आचार्य प्रकाशित : २०७५/१२/१६ गते

कुवेत, मार्च ३०- कुवेतमा आज सम्पन्न अन्तर युनिभर्सिटी स्तरीय म्याराथनमा नेपालका नारायण श्रेष्ठ पहिलो हुन सफल भएका छन।

कुवेत स्थित एकाइलामा अबस्थित अमेरिकन युनिभर्सिटी अफ मिडल इस्टको स्टाफको तर्फको म्याराथनमा गुल्मीका श्रेष्ठले भाग लिएका थिए । उक्त प्रतियोगितामा थुप्रै देशका प्रतियोगी सहभागी भएका थिए।

नारायण श्रेष्ठ गत बर्ष कै निरन्तरता दिदै पहिलो भएका छन। दोस्रो बिदेशी नागरिक भए भने तेस्रो स्थानमा नेपाली प्रतिस्पर्धी टीका कुमाल आए। पहिलो हुनेले ५०० केडि, दोस्रो हुनेले ३०० र तेस्रो हुनेले २०० केडि जित्न सफल भएका छन।

नारायण श्रेष्ठ गुल्मी देखि नै म्याराथन लगायत एथलेटिक्समा नेपाल देखि नै अब्बल रहेको र कुवेतमा पनि थुप्रै पदक जितिसकेका खेलाडी हुन। नारायण सट म्याराथन र लङ म्याराथनमा नेपाल मै पनि थुप्रै पटक स्थानीय र कान्तिपुर म्याराथनमा स्थान प्राप्त गर्न सफल रहेका खेलाडी हुन।

तेस्रो हुन सफल टीका कुमाल

त्यस्तै टीका कुमाल लमजुङ निवासी पुर्व नेपाली सेनाका सिपाही हुन। निकै लगनशील र कडा मेहनत गर्ने उनको बानिको प्रतिफल स्वरूप उनी तेस्रो आउन सफल रहेका छन।

प्रतिकृया दिनुहोस्