Hamro Sanchar

कृष्ण सुनारले आउँदो शुक्रबार ‘बेसारेको मन’ सार्वजनिक गर्ने

प्रकाशित : २०७५/१२/१४ गते

चैत १४- पछिल्लो समयमा लोकदोहोरी गीतको बजार व्यापक बन्दै गईरहेको छ। विभिन्न विषयबस्तुमा दोहोरी गीत बजारमा आउने क्रम जारी छ। कुनै गीत रातारात चर्चा बटुल्न सफल छन् । केहिले ब्यापार गर्छन भने अधिक संख्याका गीतहरु बजारमा आएको गएको दर्शकश्रोताले पत्तो समेत पाउदैनन् ।

यस्तै बिदेशी भुमिमा रहेर पनि लोक गीत संगीतलाई माया गर्ने सर्जक तथा गायक कृष्ण सुनारले “बेसारेको मन” म्युजिक भिडियो ल्याउदै छन् । उक्त गितको म्युजिक भिडियो एक हप्ता पछि अर्थात् अप्रिल ५ तारिख शुुक्रबार युट्युबबाट सार्वजनिक गर्ने गरिने छ ।

गितको छायांकन देखि अन्य कामहरु सकिएको बताइएको छ ।

गितमा कृष्ण सुनार र सयौं गीतमा स्वर दिइसकेकी गायिका विमला गैरेको आवाज रहेको छ । उक्त गीतमा लय शब्द प्रेम कुमार गैरेको रहेको छ। “बेसारेको मन” गीतलाई निर्देशन भने अहिलेकि चर्चित निर्देशक स्मृती तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन् ।

कृष्ण सुनारको यो दोश्रो एल्बम हो । उनको पहिलो एल्बम “जिबनको बाटो” म्युजिक भिडियोले अपार माया पाएको भन्दै आउँदा दिनमा पनि प्रवासबाटै दर्शक श्रोतालाई मिठा-मिठा गित संगीतको स्वाद चखाइ राख्ने उनी बताउछन् ।

कृष्ण सुनारले कुवेतका विभिन्न स्टेज कार्यक्रममा भरपुर मनोरञ्जन दिने गर्दछन ।

सम्बन्धमा कसरी फाटो आउँछ ? के कस्ता शंका उपशंका जन्मिछन् आदि ईत्यादी विषयवस्तुमा आधारित भएर लय शब्दको माध्यमबाट थोरै वियोगलाई धेरै रोमान्टिक समेटिएको सर्जक प्रेम कुमार गैरेको भनाइ छ ।

थुप्रै गीतमा मोडलिङ र नृत्य निर्देशन गरेका चर्चित मोडल राजकुमार दर्जी र नृत्यङगना प्रियंका नेपालीको अभिनय रहेको उक्त गीतमा छायांकन भने सुरेश श्रेष्ठको रहेको छ। यस गीतका संगित संयोजक दिवान किनार हुन भने मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

परिनिर्वाण क्रियशन प्रा.ली. ले बजार ब्यबस्थापन गर्ने यो गीतको भिडियो पनि यसै कम्पनीको युट्युब च्यानलबाट आउने बताईएको छ ।

गीतले व्यबसायिक सफलता हासिल गर्ने उक्त टिम विस्वस्त छ ।

प्रतिकृया दिनुहोस्