Hamro Sanchar

हिमालय एयरलाइन्सले १७ गतेदेखि आबुधाबी उडान भर्ने

प्रकाशित : २०७५/१२/११ गते

काठमाडाैं चैत ११- हिमालय एयरलाइन्सले यही चैत १७ गतेदेखि आबुधाबी उडान भर्ने भएको छ। आबुधाबी काठमाडौं-आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने सो कम्पनीले जनाएको छ।

हरेक सोमबार, बुधबार र शुक्रबार उडानका लागि समय तोकिएको छ। विहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौंमा विहान ८ बजे ल्याण्ड गर्नेछ ।

साँझ ८ बजेर ४५ काठमाडौंबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा जहाज आबुधाबी पुग्ने छ। हिमालय एयरलाइन्सले दुबइ, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ।

प्रतिकृया दिनुहोस्