Hamro Sanchar

रवि लामिछानेलाई आइलाग्यो अर्काे आपत ! जेलसम्म हुन सक्ने !

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/८ गते

चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत आइलाग्ने भएको छ ।

सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद गरी अर्को विवाह गरेका थिए ।

डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले रविविरुद्ध मुद्दा हाल्ने तयारी गरेकी हुन् ।इशाले रविलाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । उक्त मुद्दामा रविको गल्ती भेटिए जेलसम्म हुने प्रावधान रहेको छ ।

इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण तिरिदिने सम्झौता गरेको तर हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् ।

रविले पछिल्लो समय ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको गुनासो इशाको छ ।रविले छोरीहरूमार्फत पैसा नदिने बताउने गरेको उनको भनाइ छ । उनले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गरेका थिए ।

रविले इशालाई बैंकको चेक दिएका थिए ।तर चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् ।इशाले नेपालमा रहेका विभिन्न पत्रकारसँग कुराकानी गर्दै दुःख समेत पोख्ने गरेकी छन् ।

प्रतिकृया दिनुहोस्