Hamro Sanchar

आबुधाबीबाट काठमाडौं आउदै गरेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो

प्रकाशित : २०७५/१२/४ गते

एजेन्सी/चैत ४- मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘ती दुई विमान ५.५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ ।

यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्