Hamro Sanchar

२८ प्रतिशतले बढ्यो रेमिट्यान्स, माघसम्म ५ खर्ब १५ अर्ब भित्रियो नेपाल

प्रकाशित : २०७५/१२/४ गते

काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आर्थिक बर्षको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढी हो ।

गएको आर्थिक बर्षको सो अवधिमा चार खर्ब एक अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

प्रतिकृया दिनुहोस्