Hamro Sanchar

बिध्युत मर्मत गर्ने क्रममा करेन्टमा झुण्डिएर २५ बर्षिय यूवककाे मृत्यू (भिडियाेसहित)

प्रकाशित : २०७५/१२/३ गते

दमक । दमकको लाइफलाइन अस्पताल अगाडि बिध्युत मर्मत गर्ने क्रममा एक मजदुरको तारमा एक्कासी ११००० भोल्ट करेन्ट प्रवाह हुँदा मृत्यू भएकाे छ ।

हिजाे शुक्रबार बिध्युत मर्मत गर्ने क्रममा २५ बर्षिय सुमन खत्री एक्कासी करेन्ट प्रवाह हुँदा झण्डै १५ मिनेट तारमा नै झुन्डिदा उनको शरिरका बिभिन्न भागहरु डढेको थियाे । उद्धार पश्चात उनलाइ उपचारकाे लागी लाइफलाइन अस्पताल लगिएकाेमा उनकाे आज मृत्यू भएको हाे । २५ बर्षिय सुमन खत्री ट्रान्समिटरमा चढेर बिद्यूतको काम गर्दै थिए ।

उनको साथमा अर्का १९ बर्षिय सुमन खड्का पनि घाइते भएका छन् ।

उद्धारका लागि छेउमा लिस्नो नै नभएका कारण झण्डै १५ मिनेट लागेको स्थानीयहरुको भनाइ रहेको छ । चरम लापरवाहीका कारण यो घटना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । खड्काको अवस्थामा भने सामान्य र खतरामुक्त रहेकाे अस्पताल श्राेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्