Hamro Sanchar

महिलाले जन्माइन् एकैसाथ ६ वटा शिशु

प्रकाशित : २०७५/१२/२ गते

ह्युस्टन/एजेन्सी । टेक्सासको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ वटा शिशुलाई जन्म दिएकी छिन् । विश्वमा ४.७ अर्ब मध्ये कुनै एक जना महिलाले यसरी एकैसाथ ६/६ वटा शिशुलाई जन्म दिन्छिन् ।

ती महिलाले अमेरिकाको ‘द वुमेन्स हस्पिटल अफ टेक्सास’मा एकैसाथ ६ वटा शिशुलाई जन्म दिएकी हुन् । अस्पतालले बताए अनुसार थेलमा चैकाले गत शुक्रबार स्थानीय समयअनुसार विहान चार बजेर ५० मिनेट जाँदा चार छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् । थेलमाको स्वास्थ्य कुशल नै रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जनाए अनुसार ती शिशुहरुको वजन एक पाउण्ड १२ औंस देखि दुई पाउण्ड १४ औंस सम्मका रहेको छ । ती शिशुहरुलाई अस्पतालले गहन देखबाल इकाईमा राखेको छ ।

थेलमाले आफ्नो दुई छोरीको नाम पनि राखिसकेको छिन् । जहाँ उनले जीना र जुरियल नाम राखेकी छिन् । तर आफ्ना चार छोराको नाम भने राखेकी छैनन् ।

प्रतिकृया दिनुहोस्