Hamro Sanchar

सुर्खेतबाट कालीकोट जाँदै गरेको बसमा आगलागी

प्रकाशित : २०७५/१२/२ गते

सुर्खेत, चैत २- सुर्खेतदेखि कालीकोट जाँदै गरेको बसमा शनिबार दिउँसो विद्युत तार सर्ट भएर आगलागी भएको छ । समयमै यात्रुहरु झरेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णाली यातायातको बा ४ ख ८७८ नम्बरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको हुड्केमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अध्ययनका साथै सहायताको काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्