Hamro Sanchar

विप्लवकाे कार्यकर्ता भनेर समातेकाे ब्यक्ति ओलिकाे कार्यकर्ता निस्केपछि…

प्रकाशित : २०७५/१२/१ गते

काठमाडौं । आज केपी शर्मा नेतृत्वको सरकारको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल बन्द आह्वान गरेको छ । आज दिनभरि नै बन्दको प्रभाव पर्न गएको छ ।

नेपाल बन्दको अवसरमा सत्तारुढ नेकपाको कार्यकर्तालाई विप्लवको कार्यकर्ताको आरोपमा प्रहरीले पक्राउ गरेको खुल्न आएको छ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दले गरेको नेपाल बन्दको आव्हानमा नेकपाका कार्यकर्तालाई प्रहरीले घरबाटै विप्लबको कार्यकर्ता भनि पक्राउ गरेको थियो ।

राप्ती सोनारी गाउँपालिका वडा नं. ३ नवलपुरका विश्वसागर परियारलाई आज बिहान ८ बजेदेखि प्रहरीले हिरासतमा लिएको हो । धामपुर प्रहरी चौकी र अगैयाका प्रहरीले परियारलाई हिरासतमा लिई कोहलपुर इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । विप्लवको ठूलो कार्यकर्ता हो भनि केही स्थानीयले प्रहरीलाई सूचना दिएको आधारमा पक्राउ गरिएको थियो । यता प्रहरीले अरु नै कामले गर्दा बोलाएको भन्दै आवश्यक सोधपुछ पछि छोडेको जनाएको छ ।

नेकपाका सदस्य रहेका परियार फागुन २५ गते राप्ती सोनारी सामुदायिक बन उपभोक्ता समितिको उपाध्यक्षमा विजयी भएका थिए । चुनावको रिसइवीको आधारमा केही २–४ जना स्थानीयले प्रहरीलाई खबर गरेको आधारमा परियारलाई पक्राउ गरिएको हुन सक्ने बुझिएको छ । उनले भने, ‘बिहान देखि प्रहरीको हिरासतमा थिए, त्यतिकै दुख दिइयो ।’ करीब ६ घण्टा हिरासतमा राखेर प्रहरीले सोधपुछपछि छोडेको परियारका आफन्तले जानकारी दिएका छन् । उनि वनको निर्वाचनमा नेकपाको पक्षबाट उम्मेदवार बनेको र विजयी भएको खुल्न आएको छ ।

प्रतिकृया दिनुहोस्