Hamro Sanchar

पशुपति शर्मालाई नेकपाको च्यालेन्ज, लुट्न हुन्न देश भन्दैं गीतबाट कडा जवाफ (भिडियोसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/१ गते

काठमाडौं । केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दै नेकपा सम्बद्ध गायकले गीत निकालेका छन्।

‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालयमा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

पशुपति शर्माले नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए।

प्रतिकृया दिनुहोस्