Hamro Sanchar

मलेसियामा झापाका कार्कीको निधन

अर्पण मगर "बुद्ध" प्रकाशित : २०७५/११/३० गते

मलेसिया । मलेसियाको सेलेङगर जिल्ला स्थित शाह आलम सेक्सन १६ स्थित पानासोनिक ईन्ड्रस्टल एड्भाईज कम्पनीमा बिगत सात वर्षदेखि कार्यरत झापा बुद्धशान्ति ४ स्थित घर भई हाल झापाको दमकमा बस्दै आएका तिर्थराज कार्कीको निधन भएको छ। केही दिन अघि काम गर्दै गरेको अवस्थामा एक्कासि बेहोस भएका कार्कीलाई उपचारार्थ स्थानीय अस्पतालमा लगिएको थियो।

टाउकोमा समस्या देखिएका उनलाई तत्काल अपरेसन गर्नु पर्ने डाक्टरले बताएका थिए। अपरेसन गर्नु पर्ने भएकोले नेपाल बाट श्रीमती समेत आएका उनको उपचारकै क्रममा अस्पतालमै मृत्युु भएको हो। उनको शव अहिले शाहआलम अस्पतालमा रहेको र नेपाल पठाउनको लागि आवश्यक कागजात तयार गरिरहेको सोही कम्पनीमा कार्यरत सिर्जना कार्कीले बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्