Hamro Sanchar

कोरिया भाषा परीक्षाको मिति तय,फाराम भर्ने म्याद चैत ८ देखि १७ सम्म (तालिका सहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२९ गते

सरकारले दक्षिण कोरिया जान लिने भाषा परीक्षाको मिति तोकेको छ। यो वर्ष कोरियाले १० हजार ५० जना लैजाने भएको छ, जसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ती हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जनाएको छ।

परीक्षामा सहभागी हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारी स्तरमै कामदार लैजाने सम्झौता गरेको थियो।

प्रतिकृया दिनुहोस्