Hamro Sanchar

राजपाद्वारा संसद अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२९ गते

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसद अवरुद्ध गरेको छ ।लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए ।

यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । राजपाले केहिदिन अघि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

राजपा सांसद अवरोध कायमै रहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस्