Hamro Sanchar

छुट्टीमा घर गएका सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि….

प्रकाशित : २०७५/११/२९ गते

एजेन्सी । भारतको पंजाबमा छुट्टीमा घर गएका एक सैनिक निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई निर्घात कुटेका छन् ।सैनिकले डन्डीले कुटेर पत्नीको एक हात र काँध भाचेका छन् ।

रक्सीको नसाले निद्रा लागेपछि उनले पिट्न छोडेका थिए । पीडित पत्नीले आफ्ना माइतीलाई बताएपछि घटना बाहिर आएको थियो । नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो ।

प्रतिकृया दिनुहोस्