Hamro Sanchar

वैशाखदेखि नेपालमै पेट्रोलियम खानी उत्खनन थालिने

प्रकाशित : २०७५/११/२८ गते

काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पामा रहेका पेट्रोलियम खानीको उत्खनन कार्यकाे थालनि हुने भएकाे छ ।२ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो ।

चीनले २ अर्ब ४० करोड रुपैया लगानीमा २ वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ।एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानम न्त्री केपी ओलीलाई बुझाएको छ ।

खानी तथा भूगभए विभागको महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । उता मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। मेलम्ची खानेपानी विकास आयोजनाले तयार गरेको नयाँ विस्तृत लागत अनुमान अनुसार तीन अर्ब लागत लाग्ने देखिएको हो। समितिले बाँकी कामका लागि लाग्ने विस्तृत लागत अनुमान तयार गरेको छ।

ठेक्का सम्झौताका लागि कागजात तयार भई अनुमतिका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने जनाएको छ। तयार भएको लागत सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको समितिका सूचना अधिकारी राजेन्द्रराज पन्तले जानकारी दिए। यसै साता समि तिमा निर्णयका लागि प्रस्तुत गरिने भएको छ। आयोजनाका अनुसार सुरुङको भुईँ ढलान ४१० मिटर र रकसर्पोट ९५९ मिटर बाँकी छ। भेन्टिलेसनको काम भारतीय कम्पनीले गर्दै आएको छ। चारवटा गेट जडान भइसकेका छन् भने थप पाँच वटा गेट जडान गर्न बाँकी छ। हेडवक्सको काम बाँकी छ।

केही पाइप जडानको काम पनि बाँकी रहेको पन्तले जानकारी दिए। आयोजनाले सुरुङ निर्माणका लागि हालसम्म २६ अर्ब ५४ करोड रुपियाँ खर्च गरिसकेको छ। आयोजना रोकिएको साढे दुई महिना पुग्दा पनि काम सुरु हुन सकेको छैन। गत पुस १ गते इटा लियन निर्माण कम्पनी सीएमसीले काम छाडेर गएपछि आयोजना कसरी सम्पन्न गर्ने भन्ने अन्योल कायम छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा अहिलेसम्म निश्कर्षमा पुगेको छैन। काम छाडेर गएको कम्पनीलाई नै फर्काउने वा नयाँ कम्पनीमार्फत् काम सम्पन्न गर्ने भन्ने कुराको टुङ्गो अझै लागिकेको छैन।

तर समितिले भने नयाँ प्रक्रिया अनुसार नयाँ कम्पनीमार्फत् बाँकी काम सम्पन गर्ने गरी विस्तृत लागत अनुमान तयार गरिएको जनाएको छ। बाँकी काम सम्पन्न गर्न दुईवटा विकल्प प्रस्ताव गरिएको थियो । पहिलो विकल्प द्रुत मार्गबाट काम गर्नुपर्ने थियो। जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार बिशेष परिस्थितिको कारण जनाई खरिद गर्ने प्रक्रिया पुर्‍याएर मौजुदा सप्लायर्स तथा भेन्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गरिनुपर्ने छ। दोस्रो विकल्पमा नियमित खरिद प्रक्रिया अनुसार अगाडि बढ्नु पर्नेछ।

प्रतिकृया दिनुहोस्