Hamro Sanchar

अर्घाखाँची समाजको साधारण सभा २२ मार्चमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२८ गते

दिल कुमार श्रेष्ठ, दोहा। अर्घाखाँची सेवा समाज, कतारको चौथो साधारणसभा हुने भएको छ।  आगामी २२ मार्च २०१९ का दिनमा हुने साधारणसभा दोहाको मुन्तजा नजिकै रहेको केरला कल्चर सेन्टरमा हुने भएको छ।

 

 “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहि गरौं” भन्ने नारा सहित २००६ मा स्थापित समाजको साधारण सभाको पूर्वसन्ध्यामा जिल्ला बासीहरुलाई सदस्यता वितरण कार्य अगाढी बढाएको थियो । संस्थाले केहि समय पहिले देखि साधारण सभाको जानकारी  समाजको सामाजिक संजाल फेसबुक मार्फत तथा विभिन्न  सुचना संचारबाट   जानकारी सम्प्रेक्षण गरेको थियो।  समाजले  कारण बस अहिले सम्म सदस्यता नलिनु भएका जिल्ला बासिहरुले सम्पर्क गरि सदस्यता लिनु हुन सबैमा हार्दिक अपिल गरेको छ  ।

 

सामाजिक सेवाको अभियानमा हरदम तम्तयार रहनेअर्घाखाँची सेवा समाज कतारको हुदै गरेको साधारण सभामा   कतारमा रहनुहुने सम्पूर्ण सामाजसेबी बौद्धिक व्यक्तित्व, भातृसंगठनका प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकारहरु ,कलाकार साहित्यकार, , तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिकृया दिनुहोस्