Hamro Sanchar

किन जङ–नामको हत्या आरोपी इन्डोनेशियाली महिला मुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२७ गते

२७ वर्षीया आरोपी सिती ऐस्याहको सुनुवाइ सोमबार हुने तय थियो । तर, कुनै कारण नदेखाइ अचानक र आश्चर्यजनक ढंगबाट अभियोजनकर्ताले उनीविरुद्धको सम्पूर्ण आरोप फिर्ता लिएका थिए । अभियोग फिर्ता भएसँगै सिती जेलमुक्त भएकी छन् ।

सिती र अर्की भियतनामी महिला द्वान ती ह्यूङलाई सन् २०१७ फेब्रुअरी १३ मा मलेशियाको क्वालालम्पुर विमानस्थलमा किम जङ–नामलाई विषालु पदार्थ भीएक्स नर्भ एजेन्ट दलेर मारेको आरोप लगाइएको थियो ।

विमानस्थलको सीसीटीभी दृश्यमा एक जनाले किमको अनुहारमा हात राखिन् र दुवै जना भागेको देखिन्छ। किमको भने अस्पताल नपुग्दैं मृत्यु भएको थियो ।

किम जङ–नाम र किम–जङ अन 

किम मकाऊ जाने तयारीमा थिए ।

तर, यी दुवैले आफूहरुले एक टेलिभिजनका लागि प्राङ्कका लागि यस्तो अभिनय गरेको भन्दैं आरोप अस्वीकार गर्दै आएका थिए ।
सितीलाई मुक्त गरिए पनि ह्यूङलाई भने हिरासतमै राखिएको छ ।

“म धेरै खुसी छु, धेरै चकित पनि भएकी छु”, रिहा भएलगत्तै अदालत परिसरबाहिर सितीले भनिन्, “मलाई आज नै मुक्त हुन्छु जस्तो लागेकै थिएन।”

अदालतबाट सोझैं सितीलाई इन्डोनेशिया दूतावास पुर्‍याइएको थियो । आरोप प्रमाणित भए सिती मृत्युदण्डको भागिदार हुन्थिन् ।

मलेशियाका महान्यायाधिवक्ताले इन्डोनेशियाका कानुनमन्त्रीलाई एक पत्र पठाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर राख्न यस्तो निर्णय लिइएको उल्लेख गरिएको छ ।

द्वान ती ह्यूङ र सिती ऐस्याह

नाटकीय ढंगबाट आफ्ना सौतेनी दाजुको हत्या गराउन उत्तर कोरियाली वर्तमान नेता अनको हात भएको आरोप लगाइएको थियो । तर, उत्तर कोरियाले आरोप इन्कार गर्दै आएको छ ।

सिती र ह्यूङले बयानका क्रममा घण्टाको एक दिनअघि एक टेलिभिजनले आफूहरुलाई पैसा दिएर विमानस्थल, होटल र शपिङ मलमा मानिसहरूलाई तरल पदार्थ दलेर प्राङ्क गर्न भनेको बताएका छन्। –एजेन्सी

प्रतिकृया दिनुहोस्