Hamro Sanchar

‘विप्लव’ नेतृत्वको नेकपाले भारतबाट विस्फोटक पदार्थ र हतियार भित्र्याउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२७ गते

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ। केही दिनदेखि नेकपाले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव नेतृत्वको नेकपाले प्रयोग गरिरहेको बताए । सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए ।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ ।’

प्रतिकृया दिनुहोस्