Hamro Sanchar

कुवेतमा नेपाली महिलाले स्पोन्सरकै घरमा जन्माईन् अबैध बच्चा

प्रदिप नेपाली प्रकाशित : २०७५/११/२७ गते

कुवेत, मार्च ११- घरेलु कामदारका रुपमा कुवेत आएकी एक नेपाली घरेलु महिला कामदारले स्पोन्सरकै घरमा बच्चा जन्माएकी छन् । परियार थरकी ति महिलाले बाबुको पहिचान नभएको शिशुको जन्म दिएकी हुन् ।

ति महिलाले फेब्रुअरी अन्तिम सातामा बच्चा जन्माएकी हुन् ।

स्पोन्सरकै घरमा सुत्केरी व्यथाले च्यापेपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलाले १० मिनेटभित्रै बच्चा जन्माएकी थिइन् ।

अस्पतालबाट डिस्चार्ज भएलगत्तै ति महिलालाई डिपोर्टेसन सेन्टर (जेल) पठाएको छ ।

करिब २०/२१ दिनको शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा डिपोर्टेसन सेन्टर पठाएको दुताबासले बतायो ।

स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने बताइएको छ ।

ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन केहि समय लाग्ने दूतावासले जनाएको छ ।

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन ।

आमालाई पठाउन सकिने भएपनि बच्चाको बाबु पहिचान नभएकाले शिशुलाई पठाउन समस्या भएको बुझिएको छ ।

राहदानी नियमावलीको तेस्रो संशोधनले नेपाली आमा र विदेशी बाबुबाट विदेशमा जन्मेका नाबालक छोराछोरीलाई आफूसँगै नेपाल फर्कने प्रयोजनका लागि एकपटक एक पानाको एकतर्फी यात्रा अनुमतिपत्र दिन पाइने व्यवस्था गरेको छ । विदेशी बाबुको पहिचान नभएको नाबालकको विषयमा भने स्पष्ट व्यवस्था छैन ।

स्मरण रहोस गत २०१८ जनवरी २९ तारिखदेखि अप्रिल २२ तारिखसम्म कुवेत सरकारले दिएको आममाफी (एम्नेष्टी) को समयमा ३९ जना अबैध बच्चा नेपाल पुर्याइएका थिए ।

प्रतिकृया दिनुहोस्