Hamro Sanchar

सरकार र सिके रावतको लगनगाँठो देशलाई कता पुर्याउदै छ ?

प्रकाशित : २०७५/११/२७ गते

सुदिप बर्देवा

२०७५ फाल्गुन २४ गते नेपाली राजनीतिक ईतिहासमा एउटा अपत्यारिलो घट्ना घट्यो। यो घट्नालाई कतिपयले सकारात्मक घटनाको रुपमा व्याख्या गरे भने कतिपयले नकारात्मक । यो घटनालाई सकारात्मक रुपमा लिने बहुसंख्याक मानिसहरु सरकारमा सामेल भएका (सरकारको नुन भुटुन खाएका) राजनितिक दलका नेता देखि कार्यकर्ता थिए। नकारात्मक कोणबाट व्याख्या गर्ने सरकार मै रहेका तर राष्ट्रवादी नेताहरु र केहि कार्यकर्ता  सहित सरकारमा नरहेका विभिन्न राजनितिक दल समर्थित नेता कार्यकर्ता र रास्ट्रबादी स्वतन्त्र जनता थिए ।

फाल्गुन २४ गते अपह्रान्न १ बजे रास्ट्रिय सभागृहमा आयोजना गरिएको ‘राजनितिक सहमति घोषणा कार्यक्रम’ मा तीन वटा बिषय जसरि उठ्यो, ति तिन वटै बिषय नै नेपालको राजनीतिक ईतिहासमा अपत्यारिलो घट्ना हो भन्ने मेरो बुझाई हो।

१. बिखन्डनकारी, पृथकताबादी, देशद्रोही लगायतका विभिन्न मुद्दामा जेल जीवन बिताउदै आएका, स्वतन्त्र मधेस गठबन्धनका नाईके सीके रावतको सरकार संगको सम्झौता ।

२. बिखण्डनकारी, पृथकताबादी र देशद्रोही लगायतका बिल्ला भिराईएका सीके रावतलाई आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग तुलना गर्नु।

३. नेत्र बिक्रम चन्द ‘विप्लब’ ले नेतृत्व गरिरहेको नेकपालाई ‘लुटेरा समूह’ विप्लब नाम राख्न प्रधानमन्त्री केपीले दिएको सुझाब ।

फाल्गुन २४ गते बिहान देखि नै आज दिउसो सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्बोधन गर्ने भनेर विभिन्न संचार माध्यमहरुले समाचारहरु लेखिरहेका र भनिरहेका थिए । म आफु स्वम् पनि पत्रकार भएको नाताले यी र यस्ता समाचार लेख्ने र पढ्ने गरि रहेकै थिए । प्रधानमंत्रीको बिशेष सम्बोधन त हरेक हप्ताको बुधबार बेलुका प्रसारण हुने कार्यक्रम ‘जनतासंग प्रधानमन्त्री’ मार्फत पनि त गरेकै थिए । आज कस्तो बिशेष सम्बोधन रहेछ भनेर उत्सुकता त भई नै रहेको थियो । मेरो उत्सुकताको घडी मध्यान्नको त्यहि कार्यक्रम समाप्ति संगै  एति नमिठोगरि समाप्त भयो कि, मैले माथि उल्लेख गरेका तिन वटा बिसयले करिब ७२ घण्टासम्म बारम्बार सोचमग्न बनायो। यो ७२ घण्टा मैले यीनै तिन वटा बिसयमा धेरै कोण बाट बुझ्ने, चित्त बुझाउने प्रयास गरेको छु। कुनै पनि कोणबाट चित्त नबुझे पछि यो बिसयमा केहि लेख्न मन लाग्यो ।

१. सरकार र डा.सीके रावत बीचको सम्झौताको बारेमा

सिके रावत अर्थात चन्द्र कान्त रावत सप्तरी जिल्लाको महादेवा गाउमा जन्मेका एक मधेसी मुलका नागरिक हुन । उनि अध्ययन र रोजगारीको सिलसिलामा बिश्वका विभिन्न सम्पन्न देशमा पुगेका छन् र आफ्नो योग्यता अनुसारको रोजगारीमा अनुभब पनि हासिल गरेका छन्। तिनै रावत, पछिल्लो एक दसक यता नेपालको तराई अर्थात मदेशको भुभागमा ‘स्वोतन्त्र मधेस गठबन्धन’ को नाम संगै उदाय। यो स्वतन्त्र मधेश गठबन्धनको माग भनेको मधेसलाई नेपाल राज्यबाट अलग बनाउने र त्यहा एउटा छुट्टै राज्य स्थापना गर्ने हो।

आज भन्दा केहि वर्ष अगाडि देखि सिके रावतले यहि मुद्धा उठाएर मदेशमा आन्दोलन गर्दै आएका थिए । धेरै टाढा नजाउ, अहिलेकै बर्तमान सरकारले नै सिके रावतका यि नै माग र गतिबिधि गरेकै आरोपमा पटक-पटक पक्राउ गर्दै हिरासतमा राख्दै आएको थियो। यति मात्र होईन स्वतन्त्र मधेस गठबन्धन र सरकार बीच राजनैतिक सहमति घोषणा हुनु भन्दा एक दिन अगाडि सम्म पनि यहि सरकारले रावतलाई जेलमा कोचेर राखेको थियो। हिजोसम्म स्वतन्त्र मधेसको नाममा तराईका जनतालाई उचालेर आफ्नै स्वतन्त्र देश मधेस बनाउने मुल अभिस्ट बोकेर राजनिती गरि रहेका रावत एकाएक मुलधारको राजनितीमा किन आएका हुन? उनको मन साच्चिकै पवित्र नै भएको हो या केहि पाउनलाइ केहि गुमाउदै छन? उनि मात्र आएका हुन कि उनले स्वतन्त्र मधेशको आश्वासन दिएर पछि लगाएका समर्थक पनि आयका हुन? उनि स्वविवेकले आएका हुन या साम्राज्यवादीहरुले लगाई दिएको खुड्किलो टेकेर आएका हुन? यो विषय अत्यन्त गम्भिर र जटिल होईन? तर एकाएक फाल्गुन २४ गते सिके रावतलाई रास्ट्रिय सभा गृहमा उभ्याईयो र विभिन्न ११ बुदामा सहमति पनि गरियो।

सहमतिका ११ बुदा मध्ये केहि बुदाहरु नेपालको संबिधान संग मेल नखाने र अखण्ड राज्य को बिरासत संग मेल नखाने सब्दावाली प्रयोग भयको बिसय निकै नै चर्चा र आलोचनाको बिसय बनि रहेको छ।

सहमतिका बुदाहरु मध्ये दोश्रो नम्बरको बुदा मा उल्लेख भयको बिसय र सब्दावाली को बिसयमा केहि उल्लेख गरौ:-

बुदा नम्बर दुई मा लेखियको छ  ‘हामी आफ्ना राजनितिक, सामाजिक,आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ती शान्तिपुर्ण एबम

लोकतान्त्रिक पाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौ। नेपालको संबिधानमा प्रयुक्त जनतामा निहित सार्बभौम अधिकारको प्रयोग गर्दै तराई-मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुस्टी हरु लाई जानअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भयका छौ।’ ‘यहा जनतामा निहित सार्बभौम अधिकारको प्रयोग गर्दै’ भनेर तराई-मधेसका जनताको अधिकारका निम्ति त्यहीका जनताहरुको मात्रै अभिमत भन्न खोजियाको हो या अखण्ड नेपालका सम्पुर्ण जनताको अबिमतमा आधारित लोकतान्त्रिक विधिमा जाने भनियको हो? सबै भन्दा ठुलो प्रश्न यहा हो।

यसै बीच भारतीय गुप्तचर संस्था रअका मुख्य सल्लाहकार तथा नेपाल भारत मामिलाका जानकार सुकदेव मुनीले नेपाल सरकार र  पृथकतावादी आन्दोलन चलाएका सिके राउतको बीचमा भएको ११ बुँदे सहमतिको मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपालको आन्तरिक मामिलामा पटक पटक चासो राख्दै आयको रअ र भारतले यस पटक पनि गम्भीर चासो देखायको को छ ।नेपालको आन्तरिक मामिलामा निक्कै चलखेल गर्न सक्ने खुबी भयका मुनीले पृथकतावादी सिके राउत र प्रधानमन्त्री ओलीको बीचमा भएको ११ बुँदे सहमतिको प्रशसा गर्दै टुईट गरेका छन् ।

उनले टुईट गर्दै भनेका छन्, ओली नेतृत्वको सरकार र सिके राउतको बीचमा भएको सहमतिले स्वतन्त्र मधेशको मुद्दालाई मुलधारमा ल्याएको छ र त्यसले स्वतन्त्र मधेशको मुद्दालाई प्रशस्त स्पेस दिएको छ । उनले राउत र नेपाल सरकारलको प्रशंसा गरेपछि भारतीय गुप्तचर संस्थाको पहलमा ओली नेतृत्वको सरकार र स्वतन्त्र मधेशको आन्दोलन चलाएका सिके राउतका बीचमा सहमति भएको आशंका उब्जिएको छ ।

यहा उनले नेपाल भित्रको एउटा छुट्टै देश र नेपाल सरकार संग सहमति भए झैँ गरि आफ्नो ट्विटमा उल्लेख गर्न खोजेका छन् ।यसरी यो बिसयलाई बाह्य शक्तिहरुले राखेको चासोलाई हेर्दा सिके रावत कतै न कतैबाट परिचालित छन् भन्ने स्पस्ट देखिन्छ । यसरि तराई-मधेसको मुद्धालाई बाह्य शक्तिले यसरि नै बोक्ने र तराई-मधेसका जनताहरुको अधिकारसंग जोडेर ‘स्वायत मधेस’ को बारेमा उनीहरुकै मात्र अभिमतलाई मात्र स्वीकार्ने हो भने, यो नेपालको लागि रास्ट्रघाती नै हुन जान्छ भन्ने बुझाई मेरो हो। किन? किन कि नेपालको तराई-मधेसमा बहुसंग्ख्यक मानिसहरु भारतीय मुलका नागरिकहरु बसोबास गर्छन भन्ने कुरा तपाई हामी सबैका नजरमा छिपेको छैन। त्यति मात्र होईन, भारतीय नागरिकता धारी जनताहरु पनी नेपालि नागरिकता लिएर नेपालको सेवासुविधा खायर बसोबास गरिरहेका छन्। यो कुरा पनि तपाई हामि सबैलाई बिद्दितै छ । अझ भनौ, अखण्ड तराई- मधेस प्रदेश, स्वतन्त्र स्वयत राज्यका नाममा छिमेकी रास्ट्र र स्वदेशमै रहेका भारतीय नागरिकहरुको उक्साहटमा लागेर बिखण्डनकारी आन्दोलनहरु भएको यथार्थलाई पनि हामीले बिर्सनु हुदैन। यदि स्वायत मधेसको नाममा यी उल्लेखित छुट दुने हो भने, अखण्ड मेरो मातृभुमि देश नेपाल अखण्ड रहने छैन। पश्चिमबाट पूर्व जादा नेपालि जनताले एउटा छुट्टै भुमि पार गरेर जानु पर्ने छ । बसमा यात्रा गर्ने यात्रुले मन बाधेर पूर्वको यात्रा गर्नु पर्ने छ। मानिलिनुस, तपाई भारतको एउटा राज्यमा गएर स्वतन्त्र रुपमा न्यायीक कुरा गर्नुस तर त्यहा तपाईको न्यायीक कुराले कुनै अर्थ राख्दैन त्यस्तै तराई मधेसमा पनि हिमालबासी र पहाड बासीको त्यहि हालत हुने छ।त्यहा उनीहरुकै एक छात्त राज चल्ने छ। जसमा छिमेकी रास्ट्रहरुले पनि उकेरा लाउने छन्।  हो, तराई-मधेसका जनताहरुको राजनितिक, सामाजिक, आर्थिक लगायतका अन्य धेरै बिसय हरुमा हिमाल पहाडका सम्पूर्ण जनताको अबिमत लिन सकिन्छ । यो बिसयमा तराई-मधेसका जनता अधिकारबाट बन्चित भयका छन् भने हिमालबासी र पहाडबासीले दिल खोलेर अबिमत जाहेर गर्नुपर्छ । न कि स्वयत मधेसको नाममा।

२. बिखण्डनकारी, पृथकताबादी र देशद्रोही लगायतका आरोपमा जेल कोचिएका डा.सीके रावतलाई आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग तुलना

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन् ‘ सी के रावत जी, जसमा मैले साधारण निर्णय क्षमता देखे। मैले त्यस्तो निर्णय क्षमता पुष्प कमल दाहाल ‘प्रचण्ड’ मा  देखेको थिए ।’ सम्माननिय प्रधानमन्त्रीले यो भनि राख्दा दर्शक दिर्घाबाट तालि र हासोको फोहोरा थामी नसक्नु छुटि रहेको थियो। ठिक यहि बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  मुहारमा रुन्चे हासो स्पस्ट देखिन्थ्यो। यो समयमा रास्ट्रिय सभा गृहमा उपस्थित दश बर्से जनयुद्धमा प्रतक्ष सामेल भएका अन्य नेता र कार्यकर्ताको मन कति अमिलो भयो होला ? आफ्नै पार्टीका एकजना अध्यक्षले अर्का अध्यक्षलाई यसरी बिखण्डनकारी, पृथकताबादी र देशद्रोही लगायतका आरोपमा जेल कोचिएका डा.सीके रावतलाई आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग तुलना गर्दा तिनीहरुको मन कति भाच्चियो होला ? यो बिषय मैले गएको ७२ घण्टामा दर्जनौ पटक सम्झिए र सोचे  पनि। २४० बर्से जहानिया शाही शासनका बिरुद्ध लडेका, दश बर्षे जनयुद्धको सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सीके रावतसंग दाझ्ना मिल्छ? उनै  ‘प्रचण्ड’ले  उठाएको दश बर्से शसस्त्र जनयुद्ध, जनअन्दोलन र गणतन्त्रको मुद्धाले आज यो देशबाट सधैका निम्ति शाही शासनको अन्त्य भयो । गणतन्त्र आयो ।त्यहि गणतन्त्र नेपालको  प्रधानमन्त्रीले आफ्नै पार्टीका अर्का अध्यक्षलाई बिखण्डनकारी, पृथकताबादी र देशद्रोही लगायतका आरोप लागेका तराई-मधेस को सिमित भू-भागमा राजनीति गर्ने डा.सीके रावतसंग तुलना गर्न मिल्ला त ? नेपालि राजनीति त परिवर्तनको हिमायती ठान्ने प्रशण्ड लाई किन यति तल झारेर तुलना गरियको होला भनेर आफै ले आफैलाई धेरै पटक प्रश्न गरे ।दश बर्से जनयुद्ध देखि आजका दिन सम्मका प्रचण्डका जीवनका उतार-चडाबलाई एक-एक गरेर केलायर हेरे अनि मनले नमान्दा नमान्दै पनि एउटा निस्कर्समा पग्ने पर्ने भयो मलाई । अनि सम्झे ‘आफ्नै घर आगो लगायर खरानी बनायर, अरुको घरमा बास माग्न जादा यस्तै खिसिकी पात्र भईदो रहेछ । उनि ‘प्रचण्ड’ पनि त्यहि भयका हुन भनेर चित्त बुझाय।

३. नेत्र बिक्रम चन्द ‘विप्लब’ ले नेतृत्व गरिरहेको नेकपा लाई ‘लुटेरा समूह’ विप्लब नाम राख्न प्रधानमन्त्री केपी ले दियको सुझाब

प्रधानमन्त्री केपी शर्मा ओलीले, न हिजै जनयुद्ध मानेका थिए, न यो परिवर्तनको उपज प्रचण्डलाई मानेका थिए । आज आएर कठोर मन पारेर जबर्जस्त पार्टी एकिकरणको चरणमा अघि बढाए पनि, एउटै पार्टीका दुई अध्यक्ष भएपनी त्यति तल्लो स्तरमा झारेर प्रचण्डको सार्बजनिक रुपमा बेईजत गर्न पछि नपर्ने ओलीले झन् विप्लबको त के नाम सुन्न मान्थे र, सामान्य राजनैतिक चेतना पनि न राखी बिप्लबको बारेमा बोल्न थालेका ओलीले दुई मिनेट उन्नान्चालिस सेकेण्ड धाराप्रवाह बोलि रहे । बेला-बेला हासोको खित्का र तालीको शाथामा आफुलाई कतै पनि न सम्हाली बोलि रहे ।

ओलीले दुई मिनेट उन्नान्चालिस सेकेण्ड लगायर भनेका छन्- ‘ र म, नेकपा भन्न लाज हुन्छ। हुदा पनि होईन । नेकपा विप्लब समूह भन्ने छ एउटा । लुट्नका लागि । कमसेकम लुट्नकै निम्ति पनि त्यो नेकपा भन्ने बर्को त फ्याक कमसेकम । अब आफुले पनि नेकपा नै भन्नु परेको छ । त्यस्ताले पनि नेकपा नै भन्या छन् । बैजत भै सक्यो नेकपा भन्न पनि । म भन्न चाहान्छु, उहाहरुलाई । उहाहरुका पर्चा पनि मैले हेरिरहेको छु।

बन्दुक, गोलि, एस एम जी, एलएमजी अनेक संग मान्छे समातेको । ए! जनतालाई दमन गर्न पाइन्छ ? सरकारले के खोज्या यो? सर्बसाधारण माथि दमन गर्ने ? खानतलासी, खानतलासी गर्न पाईन्छ ? बन्दुक भित्र राखेर बस्ने, मान्छे लुटेर हिड्ने, मान्छेको हत्या गरेर हिड्ने, बिष्फोट  गरायर हिड्ने, कम्युनिष्ट पार्टीको नाम लिने ? कमसेकम कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समूह भन्ने नाम राख । लुटेरा समूह, अरु पनि छन् भने लुटेरा समूह विप्लब राखे पनि हुन्छ । प्रकाण्ड लुटेरा समूह भने पनि हुन्छ । तर यो भएन, म यो उहाहरुलाई भन्न चाहान्छु , अझै पनि । अझै पनि भन्न चाहान्छु । त्यो बाटो छोड्नुस । नत्र यो देशमा शान्ती सुरक्षा कायम गर्ने जिम्मा सरकार को हो । सरकारले गर्छ, म तपाईहरुलाई सुन्ने गरि भन्न चाहान्छु, सरकारले गर्छ त्यो ।

देशको प्रधानमन्त्री जस्तो पदमा रहेर एउटा राजनितिक दललाई यति तुच्छ ढंगले गालि गर्नुलाई धेरैले पचाएका छैनन् । उनले नेत्र बिक्रम चन्द ‘विप्लब’ ले नेत्रित्व गरेको नेकपालाई राजनीतिक पार्टी नभएर समुहको संग्घ्या दिएका छन् । यद्यपि पछिल्लो समय नेत्र बिक्रम छन्द ‘विप्लब’ ले एकीकृत जनक्रान्ति हुदै बैज्ञानिक समादबादसम्म जाने महान उदेश्य राखेर आफ्ना राजनैतिक गतिबिधि एक पछि अर्को गर्दै अघि बढाइ रहेको छ । पछिल्लो समय राज्यलाई कर नतिर्ने एनसेल माथिको कारबाही पछि राज्य विप्लब माथि कडा बनेर प्रस्तुत भई रहेकै बेला प्रधानमन्त्री ओलीले ‘विप्लब नेत्रित्वको नेकपालाई लुट्नको लागि खोलिएको पार्टीको संग्घ्या दिएका छन्। प्रधानमन्त्रीले नेकपा आफ्नै मात्र पेवा पार्टी जस्तै गरेर विप्लबलाइ नेकपाको बर्को फ्याक्न सुझाएका छन्। ओलीले भनेका छन् विप्लबले गर्दा आफुलाई नेकपा भन्न पनि लाज भयको जनाउदै कम्युनिस्टको नाम लिन बन्द गर । त्यो बाटो छोड्नुस । नत्र यो देशमा शान्ती सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ, म तपाई हरुलाई सुन्ने गरि भन्न चाहान्छु, सरकारले गर्छ त्यो । ओलीको धम्किपुर्ण भासा भन्दै नेत्र बिक्रम चन्द ‘विप्लब’ नेत्रित्वका नेता कार्यकर्ताले चर्को आलोचना गरिरहेका छन् । नेकपाका एक पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी र नेतृत्वबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्षमा रहेको पार्टी र नेतृत्वलाई ‘लुटेर समूह’ भन्नु मुर्खतापूर्ण अभिव्यक्ति भएको बताएका छन् ।

विखण्डनको नारा लगाउने सीके राष्ट्रवादी र राजनीतिक परिवर्तनको नारा लगाउने विप्लव कसरी लुटेर भन्दै सत्तारुढ (नेकपा) कै नेता कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् ।

“ओलीजीले बोलेको शब्द-शब्द हामीले हेरिरहेका छौं, उहाँको भनाई निकै आपत्तिजनक छ । साम्राज्यावाद, दलाल र निगमबाट इशासारामा चल्ने ओलीजीले कम्युनिस्टबारे हामीलाई शिक्षा दिन मिल्दैन”

यसरी सरकार र नेत्र बिक्रम चन्द ‘विप्लब’ नेकपा बिच जुवारी चलि रहनुले हाम्रो देशको राजनीति कता तिर जादै छ भन्ने कुरामा धेरैलाई चिन्ताको बिषय बनिरहेको छ ।

अन्त्यमा, डा.सीके रावत संगको सरकारको राजनितिक सम्झौता, आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई बिखण्डनकारी रावत संग तुलना र नेत्र बिक्रम चन्द ‘विप्लब’ लाई लुटेरा समूह भन्नुलाई नेपालि राजनीतिमा अपत्यारिलो परिघट्नाको रुपमा लिन सकिन्छ ।

सरकार दमन गरेरै भएपनि विप्लब पार्टीका गतिबिधि नियन्त्रण गर्ने कसरतमा लाग्नु र विप्लब नेकपा प्रतिकार गर्ने तयारीमा जुटि रहनुले नेपालमा फेरी युद्धको संखघोस हुनेत होईन भन्ने चिन्ता बढेको छ । यस्ता समस्याहरुलाई समयमै बुझेर निराकरण गर्ने गरि तयारि अगाडि बढाउनुको विकल्प छैन ।

प्रतिकृया दिनुहोस्