Hamro Sanchar

इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना, एक नेपालीसहित १५७ जनाको मृत्यु

प्रकाशित : २०७५/११/२७ गते

काठमाडौं, फागुन २६- अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिसअबाबामा आइतबार भएको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ। इथियोपियन एयरलाइन्सले दुर्घटनामा १ नेपालीको मृत्यु भएको पुष्टि गरे पनि उनका बारेमा थप विवरण खुलाइएको छैन।

आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज रनवे छोडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी सवार यात्रु र चालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको हो।

१४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको जहाज दुर्घटनामा परेको हो।

इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको विवरण सार्वजनिक गरेको छ। जसमध्ये ३२ जना केन्याका र ९ जना इथियोपियाका छन् भने अरू सबै विदेशी छन्।

सबैभन्दा धेरै विदेश क्यानडा परेका छन्। क्यानडाका १८ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्। चीन ८ र भारतका ४ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्