Hamro Sanchar

मोना कुवेतको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा प्रेम बिश्वकर्मा

प्रकाशित : २०७५/११/२६ गते

कुवेत, मार्च १०- म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फर्वानिया स्थित अडिटोरियम हलमा ८ तारीक सुक्रवार सम्पन्न भएको छ । उक्त ऐतिहासिक प्रथम अधिबेशन समारोहले प्रेम बहादुर बिश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने विशेष अतिथिमा गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा देबि पौडेल रहेकी थिइन । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु अतिथि रहेका थिए ।

कार्यक्रम बिमल पुनले स्वागत मन्तव्य दिएका थिए, भने संचालन चन्द्र बिश्वकर्मा र कृष्ण प्रसाद खड्काले गरेका थिए ।

संस्था र कार्यक्रम बारे सल्लाहकार तिलक भण्डारीले प्रष्ट पारेका थिए ।

मोना अन्तर्राष्ट्रिय कार्यसमिति द्वारा एक करोड महिला तथा बालबालिका अक्षयकोष स्थापनको लागि मोना कुवेतले पनि उक्त अक्षयकोषमा एक लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । स्थापनाको छोटो समयमै देश तथा बिदेशमा रहेका पिडितहरूलाई सहयोग गर्दै मोना कुवेतले कुवेतबाट निकै उदाहरणीय कार्यहरू गर्दै आएको छ।

उक्त कार्यक्रममा जनजागृती युवा क्लबका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ति नेपाल कुवेतका महासचिब जयनारायण थारु माझी, सुदुरपश्चिमेलि सेवा समाल नेपाल कुवेतका अध्यक्ष अमर खडका, आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित चाम्लिङ राइ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल र नेपाली दूतावास कुवेतका श्रम सहचारी लगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल कुवेत साँस्कृतिक मंच, अन्तर्राष्ट्रिय कलाकार समाज कुवेत, अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत, लालिगुरास साँस्कृतिक परिवार कुवेतका कलाकार लगायत अन्य कलाकारको सांगीतिक प्रस्तुतीले कार्यक्रम हल संगितमय बनेको थियो।

अधिबेशन समारोहमा निर्वाचन प्रमुख नन्द बहादुर बरुवाल, रुपेन हमाल र तिलक भण्डारीको निर्वाचन मण्डलले २१ सदस्यीय कार्यसमिति घोषणा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यसै गरि सस्थाका महिला उपाध्यक्ष आशा बस्याल र सदस्य फुलमाया पुनलाई पनि दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाई खादा लगाइ सम्मान पत्रले सम्मान गरेको थियो ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति प्रेम बहादुर बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग सहकार्य गरि अगाडि बढ्ने बताएका थिए ।

मोना कुवेतको नवनिर्वाचित २१ सदस्यीय कार्यसमिति यस प्रकार छ ।
मानार्थ सल्लाहकार – ज्ञानेन्द्र शर्मा
सल्लाहकार – नन्द बहादुर बरुवाल
सल्लाहकार – रुपेन बिक्रम हमाल
सल्लाहकार – तिकल भण्डारी

अध्यक्ष- प्रेम बहादुर बिस्वकर्मा

महिला उपाध्यक्ष- आशा बस्याल

उपाध्यक्ष- दीपक छन्त्याल

उपाध्यक्ष- खिम गिरी

उपाध्यक्ष- मान बहादुरक फगामी

महासचिव- चन्द्र बिस्वकर्मा

सचिव- शेर सुनार

सह-सचिव – तेजिन श्रेष्ठ

कोषाध्यक्ष – कृष्ण बहादुर खड़का

सह-कोषाध्यक्ष- तुल बहादुर पुन

सदस्यहरु – अर्जुन शाही, खेम परिवार, झलक बरुवाल, चित्र बहादुर विस्वकर्मा, बाबुराम गौतम, लालू परियार, रवीन जुग्जाली, जस विस्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटवाल रहेका छन ।

प्रतिकृया दिनुहोस्