Hamro Sanchar

अस्ट्रेलियामा गाडीको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित : २०७५/११/२५ गते

सिड्नी, फागुन २५- उच्च शिक्षाका लागि अस्ट्रेलियाको मेलवर्नमा रहेकी निस्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु भएको छ।

काभ्रे जिल्ला बनेपा घर भई हाल अध्ययनको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया आएर मेलवर्नस्थित ग्लेनरोयमा बसोबास गर्दै आएकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो।

मेलवर्नमा रहेको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो। उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापश्चात गाडी चालकले नै प्रहरीलाई खबर गरी उनलाई अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको चार तारिख राति मृत्यु भएको थियो।

उनका आफन्तहरू भाइ र श्रीमान् ७ मार्चमा मेलवर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो।

श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमै गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्