Hamro Sanchar

कुवेतमा दुर्घटनामा परि घाइते मगरको परिवारलाई अमर खड्काको पहलमा आर्थिक सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२४ गते

कुवेत । कुवेतमा दुर्घटनामा परि घाइते भएका गंगा गुर्मछाने मगरको परिवारलाई अमर खड्काको पहलमा आर्थिक सहयोग गरिएको छ ।

गत सेप्टेम्बर १६ तारिख राति ड्युटी जाने क्रममा बस दुर्घटनामा परि गम्भिर घाइते भै केहि महिनासम्म अचेत अवस्थामा अस्पतालमा उपचाररत गंगा मगरको परिवारलाई १ लाख २६ हजार ५८ रुपियाँ (१,२६०५८)पिडित परिवारलाई हस्तान्तरण गरिएको पहलकर्ता अमर खड्काले हाम्रो संचारलाई जानकारी दिएका छन् ।

संकलित रकम आफ्नै कम्पनीमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट संकलन भएको र केहि रकम कुवेत बाहिरबाट प्राप्त भएको खड्काले बताए । उक्त रकम दिल कुमारी मगरको नाममा पठाएको छ ।

खोटाङ बाहारापोखरी गाउपालिका सुन्तले निवासी २७ बर्षिय गंगा गुर्मछाने मगर केहि महिना पहिले कुवेत आएका थिए । साहुको ऋण तिर्न नपाउदै बस दुर्घटनामा परि गम्भिर घाइते भएर केहि महिनासम्म अचेत अवस्थामा रहेका गंगा मगरको स्वास्थ्यमा केहि सुधार भएपनि अहिलेसम्म जाहारा हस्पिटलको बेडमा मृत्युसंग लडी रहेका छन्।

“कमाउन कुवेत आएका घर मुलीको यस्तो अवस्था छ । गाउँको बसाइ अनि आम्दानीको बाटो केहि नभएपछि परिवारमा दिन प्रति दिन दु:ख माथि दु:ख थपिदै गएको छ । नावालाक छोराछोरीलाइ लालनपालन गर्न अनि पढाउन श्रीमतीलाई धौधौ पर्यो भन्ने खबर आयो त्यसैले अभियान नै चलाएर सहयोग गरेका हौ” सहयोगी खड्काले बताए ।

खड्काले मनकारी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्