Hamro Sanchar

के साच्चिकै रेशम टिकापुरमा थिएनन् त?

प्रकाशित : २०७५/११/२४ गते

चिरञ्जीवी आचार्य

म बाल्यकाल देखि थारू समुदायको एउटा अङ्गको रूपमा रहदै आएको ब्यक्ति हु। थारू भासा र थारू सस्कृती सङ्ग गहिरो पहिचान छ।म बिदेशबाट घर फर्किदा पहाडी भन्दा थारू समुदाय नै खुसी हुन्छन्। मेरो उठबस खानपिन थारू समुदाय सङ्गै मिल्छ। पहाडी भन्दा थारू समुदायका हरेक ब्यक्ति आफ्नो र नजिक देख्छु।थारू समुदाय अझै भनौ दाङ, बाके, बर्दिया, कैलाली कंचनपुरका गरिब थारू किसानहरु पहाडी सङ्ग भन्दा आफ्नै समुदायका जिमिदारबाट धेरै पीडित छन। थारू समुदायका केही टाठाबाठा भनाउदाहरु हिजो राजतन्त्रको गुलाम गरे पन्चायतको गुलामी गरे आज काङ्ग्रेस वा अन्यदलको गुलामी गर्दै सधै माथी भैरहने र गरिब सोझा साझा किसान थारूहरु हरेक क्षेत्रमा शोषित बन्ने परम्परा जस्तै बनेको छ। मैले यसो भनिरहदा पहाडी जिमिदारबाट पनि शोषित नभएका होइनन्। कम्लहरी राख्ने र योन शोषण देखि पुरै परिवार हलिया राख्ने। सयको हजार, हजारको लाख बनाउने खेल नभएको होइन तर पहाडी जिमिदार र थारू जिमिदारकै मिलेमतोमा यस्ता घटना भएका लाखौं उदाहरण छन।

शिक्षा क्षेत्रमा थारू समुदायको पहुँच सङ्गै थुप्रै कुराहरू अहिलेका नयाँ पिढीमा परिवर्तन आएको छ। अझै परिवर्तन हुन जरुरी छ इतिहासलाई बङ्ग्याएर होइन सिधा बुझ्न जरुरी छ। मिहिनेती थारू समुदायलाई राज्य स्तरबाट हुनसक्ने सुबिधा दिइनु जरुरी छ तर यो भन्दैमा उहीँ थारू जिमिदार कै बोलबाला हुने सामन्ती सोच त्यागेर पीडित सामु पुराइनु जरुरी छ।

प्रसङ्ग रेशम लाल चौधरी निलम्बित सङ्गिय सभासद र कैलाली घटनाका मुख्य दोषीकै बारेमा केही भन्न मन लाग्यो। उनी कलाकार हुन, पत्रकार हुन, होटेल, एफ एम र रिसोर्टका मालिक पनि हुन। अनेरास्ववियुबाट निर्वाचित पुर्व स्वबियु सदस्य पनि हुन। उनका गित म सुन्छु विशेष त थारू भासामा आउने गीत निक्कै रमाइला हुन्छन्। थारू सस्कृती गित, सङ्गीत र अभिनय मार्फत सजिब उतार्न माहिर छन। बहुमुखी प्रतिभाका धनी हुन। कला र गलाका खानी नै हुन। कवि पनि हुन। नेपाल कै गहना थिए उनी तर एकपटक म कैलाली जादा उनको भाषणले मेरो मन पोल्यो किनकी आफुले सम्मान गरेको ब्यक्ति पहाडिया सरणार्थी हुन भगाउनु पर्छ भन्दै कुर्लीएका थिए। पहाडिया कै कारण थारु समुदाय पाछ पर्ले बा भन्दै तेज भाषण चल्दै थियो। हुनत थारूहठको आन्दोलन हुदा हाम्रै दाङ देउखुरीमा पहाडी समुदायका घरसम्म फल्ना फल्नाले लिने सम्मका नारा नलगाईएका होइनन् नसुनेको होईन। डोकामे सम्पत्ति ला क थारूहन राज कैना कहाँ हुइ भन्दै पहाडी भगाओको नारा लगाइएका थिए तर अरु भन्दा रेशम लाल चौधरी जत्तिकै समाज बुझेका ब्यक्तिहरुको त्यो क्रियाकलाप देख्दा चित्त बुझेन त्यसपछि कैलाली घटना पछि रेशमलाल चौधरी देख्दा त्यो नरसंहार र नरसंहार पछि पहाडी समुदायद्वारा जलाइएका तोडफोड गरिएका ती दृश्य एउटा बहुसास्कृतिक बहुजातीय मुलुकमा अपाच्य थिए निन्दनीय थिए।

प्रसङ्ग कैलाली जिल्ला अदालत र सर्वस्वसहित जन्मकैद बारे ‘यस अदालतमा बयान गर्दा प्रतिवादी करन चौधरी कसुर अपराधमा, पूर्ण साविती रही बयान गरेका प्रतिवादीमध्येका रामप्रसाद चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, दिलबहादुर चौधरी, सुन्दरलाल चौधरी, बृजमोहन डगौराले कसुर अपराध गरेका होइनौं भने तापनि आन्दोलनमा प्लेकार्ड बोकी गएको कुरा स्वीकार गरी अदालतमा बकपत्र गरेका स्वयम् मुख्य आरोपी रेशमलाल चौधरी वारदात भएको दिन ११ः०० बजेसम्म टीकापुरमै थिए, कुरा नमिलेपछि बर्दियातिर गएको हुँ भनी कसुरमा इन्कार रहे पनि वारदात भएको दिनको २ः०० बजेसम्म निजको फोन लम्की टावरमा रेकर्ड बीटीएस प्रतिवेदनबाट देखिन्छ ।’मोबाइल नेटवर्कमा बीटीएस टावरको प्रयोग गरिन्छ। बीटीएस भन्नाले बेस ट्रान्सरिसिभर स्टेसन हो । यो टावर रहेको स्थानबाट कुनै मोबाइल प्रयोगकर्ताले कुराकानी गरेमा त्यसको रेकर्ड यस टावर मातहत रहन्छ । यो सिस्टमले टावरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण कतातिर कति मिटर वा किलोमिटरको दूरीमा प्रयोगकर्ता छ भनेर पत्ता लगाउन सक्छ। भर्खरै सुनाइमा कैलाली जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद रेशम सहित १२ जनालाई सुनाएको छ कानुनत: हत्या मात्रै नभएर नरसंहार भनिएको छ जसको प्रमाण स्वरूप फोन डिटियलनै प्रमुख प्रमाण भएको छ।हत्या हुँदा म त्यहा थिएन भन्ने रेशमको बयान बिज्ञान सम्मत नरहेको कुरा उनको नम्बर लम्की टावर सङ्ग २ बजेसम्म सम्पर्कमा रहेबाट उनी घटनास्थल वरपर रहेको भन्ने प्रमाणित भएको छ बिज्ञानलाई छक्काएर सफेद झुट बोल्नु कहिँ रेशमको गलत त सावित गर्दैन?हुनत यी भन्दा अझै ठुला घटना राजनीतिमा सहज हुने नेपालमा लेना र देनाबाट नमिल्ने कुरै छैन तर पनि पुनराबेदन अझै बाकी रहेको छ।न्यायोचित होस् ।

प्रतिकृया दिनुहोस्