Hamro Sanchar

कोमल वलीलाई कारबाही गर्न दलित समुदायको माग, सशक्त दलित एकता दक्षिण कोरियाले निकाल्यो विज्ञप्ति

प्रकाशित : २०७५/११/२३ गते

काठमाडौं, फागुन २३– नेकपा सांसद कोमल वलीले दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै दलित अधिकारीकारकर्मीले विरोध जनाएका छन् ।

कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

उक्त कार्यक्रममा सांसद वलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छन, ‘आफू मरिसकेपछि डुमै राजा’ जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन् ।

उनले भनेकी छन्, ‘मलामीमा मेरो फरक विचार छ । यसमा के छ भने, ‘मरिसकेपछि डुमै राजा ।’ मरिसकेपछि मलाई केही चाँहिदैन् । मलामी सलामी मलाई केही चाँहिँदैन् । बाँचुञ्जेल चाँही सलामी चाहिन्छ ।’

जुन नेपालको संविधान र कानून विपरितको शब्दावली थियो ।

वलीको यो शब्दावलीका कारण कथित दलित समुदाय अन्तर्गत पर्ने डुम जातिको आत्मसम्मानमा ठेस पुगेको छ । संविधान र कानुनले निर्दिष्ट गरे विपरितको शब्द प्रयोग गरेकी वलीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने दलित अगुवाकर्मीहरुको जोडदार माग छ ।

वलीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिम कारबाहीको माग गरिएको छ ।

सशक्त दलित एकता समाज दक्षिण कोरियाले सांसद वलीले प्रयोग गरेको अपशब्दको विरोध गर्दै प्रेस बिज्ञप्ति निकालेको छ । सांसद वलीलाई नेपालको वर्तमान कानुन बमोजिम कारबाही गर्नुपर्ने माग समाजको रहेको छ ।

प्रतिकृया दिनुहोस्