Hamro Sanchar

आज ग्याल्बो ल्होसार, शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२३ गते

आज ग्याल्बो ल्होसार, शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउँदैछन्। ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ।

नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ।ग्याल्बो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताएकी छन्।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस्