Hamro Sanchar

२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२३ गते

प्रहरीले दुई किलो बढी सुन सहित दुइ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिल्सेनाले चेकजाँचका क्रममा बुधवारराती  २ किलो ३ सय ग्राम सुन सहित धनगढीका  व्यापारी रमेश कुमार शैजुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरीने बताए।

शैजुले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ। उनले घटना सम्बन्धीको पूर्ण विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने  प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्