Hamro Sanchar

अष्ट्रेलियामा हराएकी युवतीको शव सुटकेशमा भेटियो

प्रकाशित : २०७५/११/२३ गते

क्यानबेरा, फागुन २२- अष्ट्रेलियाको सिड्नीमा हराएकी एक जना महिला डेन्टिस्टको शव सुटकेशमा फेला परेको छ । अष्ट्रेलियाको प्रहरीले उनको शव फेला पारेको हो ।

प्रिथी रेड्डी नामकी ३२ वर्षिया ती महिला गएको आइतबारबाट हराएकी थिइन् ।उनी दाँत सम्बन्धी विषयमा आयोजित एक सम्मेलनमा भाग लिन सिड्नीको सेन्ट लियोनार्डस्मा गएकी थिइन् । घर नआएपछि परिवारले उनको खोजी गरेको थियो । उनी आइतबार सीसीटिभीमा रातको २ः१५ बजे म्याक डोनाल्ड भित्र एक्लै बसेको देखिएको थियो ।

मंगलबार प्रहरीले उनको कार किन्सफोर्डमा पार्क गरिएको अवस्थामा भेटेको थियो । सवारी साधनमा खोज्दा त्यहाँ सुटकेशमा उनको शव फेला परेको थियो । उनको शवको धेरै स्थानमा धारिलो हतियारको चोट देखिएको छ । अनुसन्धानबाट प्रिथी मार्केट स्ट्रिटको एउटा होटलमा उनले चिनेका एक पुरुषसँग बसेकी थिइन् ।

पहिचान हुन नसकेका ती पुरुषको कार दुर्घटनामा सोमबार राति निधन भएको छ । सो दुर्घटना नियोजित हुन सक्ने प्रहरीको अनुमान छ । सो दुर्घटना प्रिथीको हत्यासँग कुनै न कुनै हिसाबले सम्बन्धित हुन सक्ने प्रहरीले जनाएको छ ।एजेन्सी 

प्रतिकृया दिनुहोस्