Hamro Sanchar

कतारमा मन्त्री अधिकारीको शोक सभा गरिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२१ गते

दिल कुमार श्रेष्ठ, दोहा। गण्डकी प्रदेश समन्वय परिषद कतारले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको शोक सभा मनाउने भएको छ। गण्डकी प्रदेशका स्थाई बासिन्दा मन्त्री अधिकारीको अघिल्लो हप्ता हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियो।

सोक सभामा अध्यक्ष ढकालले कतारमा रहेका पार्टीको भात्री सङ्ठन प्रमुख, सामाजिक राष्ट्रिय तथा अन्तरास्टिय संघ सस्था प्रमुख तथा सामाजिक अबियन्ता बुद्धिजीवी, पत्रकार गण्डकी प्रदेश समन्वय परिषद सल्लाहकार , परिषद सदस्य सम्पुर्णमा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन्।

दोहाको युनिक रस्टुरेन्टमा हुने सोक सभाकार्यक्रम मार्च ८ तारिक बेलुकी ५ बजे हुने छ। विस्तृत जानकारीका लागी अध्यक्ष तथा प्रदेश समन्वय परिषदका पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्