Hamro Sanchar

धुर्मुस सुन्तलीले सुरु गरे क्रिकेट रंगशाला’ निर्माणका लागि खुत्रुके महाअभियान सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/१९ गते

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि खुत्रुके महाअभियान सुरु गरिएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा सो अभियान सुरु गरिएको हो ।

सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी, उद्यमी, समाजसेवीले रंगशाला निर्माणमा लाखौं रुपैयाँ सहयोग गरेका थिए । प्रदेश २ बाट पहिलो चरणमा २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रंगशाला निर्माणका लागि महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके महाअभियानबाटै उक्त रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीले २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । रंगशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् ।

एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाइ मञ्जले पाँच÷पाँच हजार सहयोग गरेका छन् । सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस–सुन्तलीलाई धन्यवाद दिँदै नेपाली सन्तती र नेपाललाई खेलकुदबाट अन्तर्राट्रियस्तरमा पहिचान बनाउनेले दिनको एक सय रुपैयाँ बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हीरा गौतमले प्रदेश २ का आठवटै जिल्लामा सञ्चालित होटलहरू रंगशाला निर्माणमा सहयोगार्थ खुत्रुके अभियानकै रूपमा खुत्रुके राखिने बताए ।

प्रतिकृया दिनुहोस्