Hamro Sanchar

चितवनमा ५० करोड लगानीमा औषधी उद्योग खुल्दै, हजारौंले रोजगारी पाउने

प्रकाशित : २०७५/११/१९ गते

चितवन, फागुन १८– रत्ननगर नगरपालिका–१४ माधवपुरमा ५० करोड लगानीमा नयाँ औषधि उद्योग खुल्ने भएको छ ।

हावर्ड फर्मासिटिकल्स नाम दिइएको सो कम्पनीमा चितवनकै उद्योगी र व्यवसायीको लगानी रहने छ । कम्पनीको प्रवन्ध निर्देशकमा झण्डै ११ वर्ष विभिन्न औषधि कम्पनीको व्यवस्थापन सम्हालीसकेका व्यवस्थापन विषयका प्राध्यापक पोष्टराज पोखरेल रहेका छन् ।

गत कात्तिकमा नै कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको यो कम्पनीले अहिले उद्योग सञ्चालनको लागि सम्पूर्ण कानुनी प्रक्रिया मिलाउने तयारीमा नै रहेको अब छिट्टै नै उद्योग निर्माणको काम सुरु गरिने प्रवन्ध निर्देशक पोखरेलले जानकारी दिए । उनले भने, ‘कम्पनीले आफ्नो उत्पादन सुरु गरेपछि हजारौंले कम्पनीमा रोजगारी पाउँनेछन् ।’

कम्पनीले आफ्नो वेभसाइटमा जो कोही लगानीकर्ताहरुले १० लाख रुपैयाँदेखि एक करोडसम्म लगानी गर्न सकिने भनेर उल्लेख गरेको छ ।

प्रवन्धक पोखरेल पूर्वी चितवनका स्थायी बासिन्दा हुन् ।

प्रतिकृया दिनुहोस्