Hamro Sanchar

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/१८ गते

आहा रारा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।

सडन डेथमा थ्री स्टारले आर्मीलाई ५–४ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा १–१ को बराबरी खेले पछि समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलमा सुरुवाती अग्रता भने आर्मीले लिएको थियो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको पाँचौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

अतिरिक्त समयको पहिलो हाफमा आर्मीका विमल पाण्डेले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा पिटर सेगुनले गोल गर्दै खेल बराबरीमा ल्याए।

आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे। थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ गोल गरेका थिए।

प्रतिकृया दिनुहोस्